Trending

ठेकेदारकाे ढिलासुस्ती देखेर निर्देशन दिन फिल्डमै पुगे मन्त्री अाचार्य ः निर्णयसहित

गाेरखा

गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरि शरण आचार्य राधाकृष्ण मन्दिर- कालामाटा – पौवाटार – बिरुवाटार – मिलनचोक – मजुवारोड गोरखा सडकमा भएको ढिलासुस्तिका बारेमा बुझेर निर्देशन दिन फिल्डमै पुगेका छन् ।

अायाेजनाकाे पालुङटारमा रहेकाे फिल्ड कार्यालयमै पुगेर कामकाे प्रगतिका बारेमा बुझेर काममा अति ढिला भएकाेप्रति अापत्ती जनाउँदै अागामी दिनमा छिटाेभन्दा छिटाे काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

छलफलमा भौतिक पूर्वाधार बिकास कार्यालय सडक पोखरा तथा गोरखा डिभिजन कार्यालयका प्रमुख, पालुङटार नगरपालिका वडा नं ६ का अध्यक्ष,सडकका कन्ट्याक्टर अमर कन्सट्रक्सन प्रा. लि. का प्रतिनिधि लगायतकाकाे उपस्थिति रहेकेा थियाे ।

छलफलपछि काम समयमा सक्नकाे लागि अावश्यक कामहरू गर्नकाे लागि माइन्युट समेत गरिएकाे थियाे ।

फिल्डमै अाएर स्थानीय सहितकाे उपस्थितिमा गरिएकाे यस्ता छलफल र निर्देशनपछि काम चाँडाे सम्पन्न हुनेमा स्थानीयहरू अाशाबादी भएका छन् ।

के के गरियाे त निर्णय हेराैं ः

 

Back to top button