घरको गाह्रो भत्किँदा तीन जना घाइते

मङ्सिर ३, दाङ ।

दाङमा घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका छन् ।

घोराही-६ गुरुवागाउँको मिनु पुनको घर भत्काउने क्रममा शुक्रबार घरको गाह्रो भत्किँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा गुरुवागाउँकाका ३२ वर्षीय किरण चौधरी, ३१ वर्षीय कमल थापा र पिमबहादुर परियार रहेका छन् । घाइते तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker