
रोल्पा । सहिद मार्ग अन्तर्गत माडी खाेलामा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन ।
दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी र परिवर्तन गाउँपालिकाकाे सिमाना तार्केवाङमा विहिबार बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा मृत्यु भएका ४ जना मध्य बस चालक परिवर्तन गाउँपालिका ४ का ४० वर्षिय बिरमान बुढामगरकाे मात्र सनाखत भएकाे छ । अन्य ३ जनाकाे सनाखत नभएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
यस्तै घाइते भएका १९ जनाको सनाखत भएको छ । घाइते हुनेहरुमा रोल्पाको परिबर्तन गाउँपालिका २ राङ्सीका १६ वर्षिय किरण घर्तिमगर, २६ वर्षिय बिना बुढामगर, परिबर्तन ६ का १६ वर्षिय रुजन पुन मगर, २१ वर्षिय भिम कुमारी पुनमगर, ३६ वर्षिय तेज बहादुर पुन, परिवर्तन २ कि २८ वर्षिय अनिता बुढामगर, परिबर्तन ५ का ३४ वर्षिय कमेराज रोका,परिबर्तन गाउँपालिका ५ का ३२ वर्षिय बिनोद ओलि, परिबर्तन १ का २१ वर्षिय बिरेन्द्र मगर र थबाङ गाउँपालिका ३ का १२ वर्षिय कबिता बुढामगर रहेका छन् ।
यसैगरी दाङ घोराही १३ कि बिष्णु कुमारी रोका, २५ वर्षिय आशा बोहरा, २१ वर्षिय हर्कमान रोका, २८ वर्षिय निर्मला रोका, २४ वर्षिय घनी बुढा मगर, ३ वर्षिय सिहन बोहरा, २२ वर्षिय उषा बोहरा, घोराही डुम्मरगाउका १० वर्षिय एन्जेस रोकामगर र घोराही १४ कि २५ वर्षिय बिमला रोका मगर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुकाे स्मृति हस्पिटल घर्तीगाउँमा प्राथमिक उपचार पछि कसैलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने देखिएकाे र केहिलाई जिल्ला अस्पताल रेउघामा ल्याउने तयारी रहेकाे जिल्ला प्रहरीले कार्यालय राेल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।