नेकपा माओबादी केन्द्र गोरखाको ९४ वडामा दोस्रो वडा अधिबेशनको तयारी अन्तिम चरणमा

गोरखा ३, मंसिर ।

नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटा वडामा भोली आयोजना गरेको दोस्रो वडा अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले जिल्लाका ११ वटै स्थानीय तहका सवै वडामा वडा अधिबेशन सम्पन्न यस अघि नै निर्वाचन समिति गठन गरेको थियो । ”सवै वडामा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति पुगीसकेको छ, पार्टीका जिल्ला समन्वय समितिका संयोजक लेखबहादुर थापाले भन्नुभयो, ”निर्वाचनको तयारी लगभग पुरा भएको छ ।”

अधिबेशनका लागि निर्वाचन समितिलाई मनोनयन पत्र, मतपत्र लगायतका आबश्यक सवै व्यवस्था गरि वडावडामा पठाइएको उहाँले बताउनुभयो । माओबादीले पहिलो पटक पाटीलाई थप व्यवस्थित गर्न टोलदेखि वडा, गाउँपालिका, नगरपालिका, प्रदेश तथा केन्द्रमा समेत निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागेको हो । माओबादी केन्द्रको बिधानले टोलमा रहने सेलमा समेत १९ सदस्सीय सेल कमिटी गठन गर्नेछ भने वडामा २९ सदस्सीय वडा समिति गठन गर्ने व्यवस्था गरेको छ ।

पार्टीका सवै समितिहरुमा समावेशिता र समानुपातिकता मिलाउनका लागि कम्तीमा ३५ प्रतिसत महिला, १५ प्रतिसत दलित, १० प्रतिसत युवालाई समेट्नु पर्ने व्यवस्थामा माओबादीको बिधानले गरेको छ । जिल्लामा बिधान अनुसार निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश निर्वाचन समितिले जिल्लाका सवै निर्वाचन समितिलाई अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको संयोजक थापामगरले जानकारी दिनुभयो । वडा तथा सेल समितिहरुमा सकभर सहमतीको आधारमा नेतृत्व चयन गर्ने सहमती नभए निर्वाचन मार्फत नेतृत्व चयन गर्ने जनाएको छ ।

Back to top button