Trending

अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाबाट थप ६० लाख डोज फाइजर खोप ल्याइने बताउनुभएको छ । आज अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र मन्त्री खतिवडा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकनका क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिनुभएको हो । http://www.gorkhasansar.com

स्वास्थ्यमन्त्री खतिवडाले खोप केन्द्र अवलोकनपछि कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । उहाँले फाइजरको खोप ल्याउन भुक्तानीका लगि सरकारबाट निर्णय भइसकेको पनि बताउनुभयो । मन्त्री खतिवडाले अबको एक महिनाभित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताउनुभयो ।

उहाँले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकी सहायक विदेशमन्त्रीसँगै बसेर गर्न पाएकोमा खुशी छौँ, आउँदो दिनमा पनि कोभिडविरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भुक्तानी गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ, उहाँहरूको भनाइअनुसार हामी एक महिनाभित्रमा पहिलो लट आउँछ र त्यो प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप शुरुवात गरिसकेका हुन्छौँ ।

सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभएको छ । सहायक मन्त्री लूले भन्नुभयो, ‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरुलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरु रियल हिरो हो, बालबालिकाहरुका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु।’

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker