जन्मदिनमा जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री ।

थम्मन थापा
बागलुङ /कात्तिक २५
आफनो जन्मदिनको सुखद अवसरमा गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सहसचिव एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलविर थापाले गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।
 
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी थापाको भनाई छ ।
थापाले विद्यार्थीहरुलाई कपी, कलम सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।
 
जन्मदिनको सुखद अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी, विपन्न तर्फ विद्यार्थी लभिसा खडकालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानध्यापक भबिन्द्र गौतमले जानकारी दिनुभयो ।
 
त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस, विपन्न तर्फ विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो ।
 
उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।
 
सो अवसरमा वडा सदस्य लोक बहादुर थापा र जनहित माध्यमिक विद्यालयका प्रधानध्यापक देव बहादुर खत्रीले जन्मदिनको अवसरमा थापालाई शुभकामना व्यक्त गर्नुभएको छ ।
दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छन ।
 
सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय मल्मका अक्षयकोषकर्ता, सहयोगी एवं पुर्व विद्यार्थी समेत हुनुहुन्छ । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी तुलबिर थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनुभएको छ ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.