Trending

एमसीसी सम्बन्धमा देउवा र प्रचण्डले पत्र पठाएकाे बारेमा प्रचण्डकाे खुलासा

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने बताएका छन् ।

देउबा र प्रचण्डले एमसीसी पास गर्न पत्र पठाइसकेकाे भन्ने खबर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको दाबीभन्दा केही फरक मत राखेका हुन् । देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’

तर राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उनको दाबी छ ।

प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनेको दाबी गर्दै प्रचण्डले अघि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’

अमेरिका, बेलायत वा कुनै पनि देशले दिने अनुदान सहयोग लिनु स्वाभाविक भएको  पनि उनले बताए ।

Back to top button