सदरमुकाम नजिकै जुवा–तास खेल्दै गरेका ९ जना प्रहरी नियन्त्रणमा

गोरखा । गोरखा बजारबाट जुवा–तास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ८ को चाईनिजधारा क्षेत्रमा जुवा–तास खेल्दै गरेका ९ जनालाई बिहीबार राती गोरखा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।स्थानिय मन्दिप श्रेष्ठको भोक लाग्यो खाजा घरमा जुवा–तास खेल्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले गोरखा नगरपालिका ८ घरबेटी मन्दिप श्रेष्ठ, विवश केसी, जिवन विसी, तनहुँ आँबुखैरेनी गाउँपालिका ६ घरभएका किसान गुरुङ, रौतहट जिल्ला गरुढा नगरपालिका २ घर भएका फेकु सहानी, महोत्तरी जिल्ला गौशाला नगरपालिका ७ का भुपेन्द्र शाह, गोरखा जिल्ला गोरखा नगरपालिका ६ का गणेश बराम र शहिद लखन गाउँपालिका ८ का रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरुबाट १ बुक तास सहित १ लाख १ हजार ८०० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत कारवाही अगडी बढाउने तयारी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.