प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली

प्रेस सेन्टर तनहुँको अध्यक्षमा एस.बि.नेपाली सर्वसम्वत रुपमा निर्वाचित हुनुभएको छ । सेन्टरको सोमबार आयोजित चौथो जिल्ला अधिवेशनबाट नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन   गरेको हो । दुई जना सदस्य पछि मनोनित गरिने सेन्टरले जनाएको छ ।  सेन्टरको जिल्ला उपाध्यक्षमा बिनीता भण्डारी,सचिवमा करुण थापा,सहसचिवमा सुवास कुँवर,कोषाध्यक्षमा सावित्री कोइराला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सूर्यभक्त पौडैल, आइपी ढकाल, रबिन्द्र कडेँल, मनिषा खड्का, अनु बिक,रेखा सापकोटा,रजनी चुमान,संञ्जय कुमार बिक चयन भएका छन् ।

त्यसैगरी केन्द्रिय प्रतिनिधीमा रामबहादुर घले परियार र अस्मिता खनाल र गण्डकी प्रदेश प्रतिनिधीमा आइपी ढकाल र सूर्यभक्त पौडेल चयन हुनुभएको छ ।  कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सभासदस्य आशा कोइरालाले निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै आवाज बिहीनहरुको आवाज बन्न पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सहइन्चार्ज एवं न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपाने, नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य रामबहादुर घले परियार,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.