असोज महिनाको उत्कृष्ट प्रहरी नरसिंह मल्ल चयन

जिल्ला प्रहरी कार्यांलय गोरखाले असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा ध्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ललाई चयन गरेको छ । कार्यालयले जिल्ला भित्र कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सन्मान गर्ने कार्ययोजना अन्र्तगत असोज महिनाको उत्कृष्ठ प्रहरी कर्मचारीको रुपमा मल्ललाई पुरस्कृत गरिएको जनाएको छ ।

मल्लले आफुलाई आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको साथै आफ्नो वडा एरियामा घटेका घटनाहरुमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै पं्रससा सहित पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

प्रहरी जवान मल्लले जिम्मेवार एरिया भित्र घटेका बिपद्का घटनाहरुमा तत्काल उद्धार,राहत एवं बिस्थापितहरुको व्यवस्थापान समेत उल्लेखनिय ढंगले कार्य गरेको र विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उत्कृष्ठ छनोट हुनुभएका मल्ललाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले पुरस्कृत गर्नुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker