Trending

काेशिशद्वारा विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण

तनहुँ :

मानसिक तथा मनाेसामाजिक क्षेत्रमा काम गर्दै अाइरहेकाे संस्था काेशिशले तनहुँकाे एक विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेकाे छ ।

बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कोशिशले म्याग्दे गाउँपालिकामा रहेकाे महेन्द्र माध्यमिकमा सामग्री हस्तान्तरण गरिएकाे हाे । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिजयराज खनाल तथा प्रधानाध्यापक सोमबहादुर थापालाई मास्क, सेनिटाइजर र सेनिटरी प्याड तथा खेलकुदमा भलिबल, फुटबल, ब्याडमिन्टन, स्पिकिङ, रबर रिङ, चेस, लुंडो सहयोग गरेको कोशिशका मनोविद विनय पाण्डेले बताउनुभयाे ।

तनहुँ जिल्लामा १२ वटा विद्यालयमा उक्त सामाग्री सहयोग गर्ने योजना अन्तर्गत बिहिवार महेन्द्र माविमा सामग्री हस्तान्तरण गरिएको अर्का मनोविद सरोज सिंखडाले बताउनुभयाे ।

विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामाग्री सहयोग प्रदान गरेकोमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिजयराज खनालले धन्यवाद प्रकट गर्नुभएकाे थियाे । विद्यार्थीका लागि अति आवश्यक पर्ने सामग्री पाएका छौं, यसले अतिरिक्त कृयाकलापका लागि निकै सहयोग पुर्याउँछ र हामीले तत्कालै प्रयोगमा ल्याउँछौ,’ खनालले भन्नुभयाे  ।

शिक्षक र अभिभावकको लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सो अवसरमा गरिएको मनोविद विनय पाण्डेले बताउनुभयाे ।

कार्यक्रममा बिद्यालयका प्रअ सोमबहादुर थापासँगै विद्यालय ब्यबस्थापन समितिका सदस्य , अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

काेशिशले बिगत लामाे समयदेखि तनहुँका बिभिन्न पालिका तथा विद्यालयहरूमा मानसिक तथा मनाेसामाजिक क्षेत्रमा काम गर्दै अाइरहेकाे छ । यसअघि बालबालिका तथा किशाेरकिशाेरी लक्षित २४ वटा रेडियाे श्रृङ्खला समेत तनहुँका बिभिन्न रेडियाे स्टेशनहरूबाट प्रशारण गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker