
गोरखा, ६ असोज ।
गोरखा नगरपालिका ३ गगटेघाटबाट प्रहरीले मंगलवार राती ४७ थान सालको गोलिया काठ सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई देखेपछि ग १ त ६८९५ नम्बरको ट्याक्टर छाडेर ६/७ जना ब्यक्ति भागेका थिए ।
अवैध रुपमा सालको काठ ओसार पोसार गर्दै गरेकाहरुको खोजी भईरहेको र काठ सहितका ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
काठ काट्न प्रयोग भएको आरो, बन्चरो पनि नियन्त्रणमा लिइएको छ । बुधवार काठ सहितको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।