
गाेरखा, असाेज ६
गाेरखा नगरपालिका वडा नं. ७ पाैवाखेत निवासी ५५ बर्षकी माइली कामी अाफ्नै श्रीमानकाे हत्या अाराेपमा पक्राउ परेकी छन् । असाेज ५ गते बिहान ५६ बर्षीया अाइतबहादुर कामीकाे सुतेकै काेठामा श्रीमती कामीले घाँटी थिचेर हत्या गरेकाे बताइएकाे छ ।
असाेज ०४ गते रातको समयमा मादक पदार्थ सेवन गरी एउटै कोठा भित्र सुती रहेका आफ्ना श्रीमान आईत बहादुर कामीलाई आफ्नो दुवै हातले निजको घाँटी थिची हत्या गरेको र तत् पश्चात सोही कोठामा रहेको ओड्ने कम्बलले निजको शरिर ढाकी दिएको, लगातार घाँटी थिचेको कारणबाट नै निजको मृत्यु भएको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप समेत लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गाेरखाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रहरीले अनुसन्धानका केही तथ्यहरू समेत बिज्ञप्तीमार्फत सार्वजनिक गरेकाे छ । के छ त अनुसन्धानका तथ्यहरू ?
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु
- निज मृतक आईत बहादुर कामीको स्थायी ठेगाना धार्चे गा.पा. वडा नं. २ केरौजा भई निजको सम्पुर्ण परिवार २०७२ साल देखि गोरखा नगरपालिकामा बस्दै आएका र गो.न.पा. वडा नं. ७ पौवाखेतमा २०७५ सालमा भुकम्प पुन निर्माणको प्राप्त रकमबाट घर बनाई बस्दै आएका ।
- मृतकको परिवारमा २ बिबाहित छोरा र २ बिबाहित छोरीहरु रहेका र छोरीहरु बिबाह पश्चात आफ्नो घर गएका, जेठो छोरा माछीखोलामा शिक्षण पेशामा आबद्ध रहेका र निजको परिवार अशंबण्डा भई सोही स्थानमा छुट्टै बस्दै आएका र मृतक, निजको श्रीमती कान्छो छोरा र बुहारीसंग हाल संगौलमा बस्दै आएको देखिन्छ ।
- मृतक आईत बहादुर कामी दिनहुँ जसो रक्सीको सेवन गर्ने र श्रीमान र श्रीमती बिच झै-झगडा र कुटपिट बारम्बार हुने गरेको र वारदातको दिन पनि रातको समयमा निज मृतकले रक्सी सेवन गरी श्रीमती माईली कामीलाई चोट लाग्ने गरी कुटपिट गरेको अनुसन्धानबाट देखिन्छ ।
- प्रतिवादी माईली कामीले रातको समयमा पल्लो कोठामा सुती रहेका कान्छा छोरा र बुहारीलाई ढोका ढकढकाई श्रीमानले सिरानीमा खुकुरी राखी सुतेका र आफु श्रीमाबाट असुरक्षित रहेको भनि कान्छो छोराको कोठामा सुत्न आग्रह गर्दा केही हुदैन जाँउ भनि छोराले भित्रैबाट भने पश्चात प्रतिवादी महिला आफ्नो कोठामा जाँदा मृतक सुती रहेकै अवस्थामा रक्सीको तालमा बारम्बार कराई रहेकोले बाध्य भएर आफुले निजको घाँटी थिचेर मारेको भनि प्रतिवादीले कसूर स्वीकार गरेको ।
- प्रतिवादी घटना पश्चात बिहान सबेरै उठी आफुले काम गर्ने गोरखा बसपार्क स्थित होटल मुक्तिनाथ गएको र घरमा मान्छे जम्मा भएर बोलाए पश्चात घटनास्थलमा पुन: फर्किई आएको देखिन्छ ।
- श्रीमानले श्रीमतीको चरित्रमाथी बारम्बार शंका गर्ने, दैनिक जसो रक्सी सेवन गरी गाली-गलौज तथा कुटपिट गर्ने कारणबाट आजित भएर श्रीमतीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।