Trending

स्वास्थ्य क्षेत्रका चुनौतीलाई अबसरमा बदल्नुपर्छ : मन्त्रि अधिकारी

दीपक श्रेष्ठ

गोरखा, ६ असोज  : गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्रि मधु अधिकारी (गुरुङ) ले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीलाई अवसरको रुपमा बदलेर अघि बढ्नु पर्ने बताउनु भएको छ । गोरखा सदरमुकाममा स्वास्थ्य कार्यालय गोरखाले आज आयोजना गरेको आर्थिक बर्ष २०७७/०७८ को जिल्ला स्तरीय समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्रि अधिकारीले कोरोना लगायतका स्वास्थ क्षेत्रका चुनौतीलाई अबसरमा बदल्नु पर्ने बताउनु भएको हो ।

‘चुनौतीहरु आउनसक्छन, चुनौतीहरुलाई समाधान गर्ने कुरा नै मुख्य कुरा हो, मन्त्रि अधिकारीले भन्नुभयो, भाग्ने कुरा होइन, हामी सवै आफ्नो ठाउँमा अ–आफ्नो भूमिका छौ, त्यसलाई पुरा गर्नुपर्छ ।’ उहाँले हरेक नयाँ संकटबाट नयाँ अबसर र सम्भावनाको ढोका पनि खुल्ला हुने भन्दै स्वास्थ्य क्षेत्रमा देखिएका ति सवै खालका समस्याको समाधानका लागि नयाँ सम्भावनाको खोजी पनि भएको बताउनुभयो ।

‘कोरोना संक्रमण हाम्रा लागि चुनौती हो र छ, कोरोनासंग जुध्न आज प्रत्येक जिल्लाका अस्पतालहरुमा भौतिक पूर्वाधारको सुदृढीकरण तिव्र गतिमा भइरहेका छन्, मन्त्रि अधिकारीले भन्नुभयो, यही चुनौतीका कारण आज दक्ष जनशक्तिको खोजी भइरहेको छ, यसलाई अबसरको रुपमा लिएर अघि बढ्न सक्नुपर्छ ।’ उहाँले कोरोनासंग जुध्नका लागि राज्य सवै स्वास्थ्य संस्थामा दक्ष, तालिम प्राप्त स्वास्थ्यकर्मी तथा जनशक्तिको नियुक्ती, परिचालन लगायतको कामलाई तिव्रताका साथ अगाडी बढाएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशका अन्र्तगत गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका र मनाङ जिल्लाका १८ बर्षका माथिका नागरिक कोरोना खोप लगाउने काम भइसकेको बताउनुभयो । मन्त्रि अधिकारीले अब तेस्रो लहरको कोरोना संक्रमणको जोखिम हुनसक्ने बिज्ञहरुको आंकलन बाहिर आएको भन्दै त्यसको सामना गर्न र हरेक नागरिकको जीवन रक्षा गर्ने गरि स्वास्थ्य क्षेत्र तयारी अबस्थामा रहनुपर्नेमा जोड दिनुभयो ।

‘कोरोनाको महामारीमा बिरामीहरु नजिक रहेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, कर्मचारीहरु नै हुनुहुन्छ उहाँले भन्नुभयो, आगामी दिनमा आउन सक्ने थप चुनौतीको सामाना गर्ने गरि पनि तपाईहरु तयार रहनुस ।’ उहाँले आबश्यक जनशक्तिको तयारी, रहेका जनशक्तिको क्षमत बृद्धि लगायतका काममा प्रदेश सरकार लागि परेको भन्दै आजका लागि मात्र नभएर भोलीका लागि पनि सोचेर काम गर्नुपर्छ भन्नेमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

Back to top button
Close