Breaking : बिक्कीलाई पछार्दै भरतमणिले जिते २५ लाख र कार, आँखाभरि आँसु, स्टेजमै उर्लियो समर्थक (भिडियोसहित)

कमेडी च्याम्पियनको दोश्रो सिजनको उपाधि भरतमणि पौडेलको हातमा परेको छ।उनको प्रस्तुति देखेर आम दर्शक निकै उत्साहित थिए सायद यसैको फल स्वरूप हुन सक्छ उनि यो बेला देशकै उत्कृष्ट कमेडी रियालिटी सोमा उनको प्रस्तुति निकै उत्कृष्ट रहेको थियो। उक्त कार्यक्रममा सेकेन्ड रनर अफको उपाधि भने सन्तोष थापा बनेका छन भने प्रथम रनर अफ बिक्की अग्रवाल बनेका हुन्।

भिडियो हेर्निहोस् :

यो पनि पढ्नुहोस :

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो ।

विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन फाइनलको नजिक आइपुगेको छ । शनिबार हुने फाइनलमा एक जना प्रतिस्पर्धीले दोश्रो सिजनको उपाधि जित्छन् । साथमा, उनले कार र थुप्रै गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।

ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा छन् ।

सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल छन् । विक्कीको कमेडीले नयाँ खुराक पस्किरहेको छ ।

विक्कीले कमेडीलाई नयाँ परिभाषा दिने कोशिश गरेको वुझाई धेरैको छ । गोरखाका सन्तोष थापा उत्कृष्ट ३ का अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको छैन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको फ्यूजनको रुपमा सन्तोषलाई लिन्छन् ।

भोली बेलुकी ९ बजेपछि दर्शकले ‘कमेडी च्याम्पियन २’को फाइनल कान्तिपुर टीभी र ओएसआर डिजिटलमा हेर्न पाउनेछन् । फाइनलका लागि विभिन्न प्रस्तुतिको छायांकन बुधबार नै भैसकेको छ । अब, भोली यो शोको निर्माण टिमले विजेताको घोषणा भने लाइभ नै गर्नेछ । निर्देशक विशाल भण्डारीका अनुसार, विजेताको घोषणाको लाइभ प्रशारण बेलुकी साढे १० बजेबाट सुरु हुनेछ । बेलुकी साढे ११ बजेसम्म दर्शकले यो बर्षको ‘कमेडी च्याम्पियन २’को विजेता पाउनेछन् ।

 


Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.