
तनहुँ १ असोज ।
गएराती बुल्दीखोलामा ट्रक दुर्घटनामा हुँदा ट्रक चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यासनगरपालिका–१ मुसेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने बुल्दीखोलामा खस्दा ट्रकले च्याँपिएर चालकको मृत्यु भएको हो ।
मृत्यु हुने चालकको नामथर खुल्न नसकेको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शव दमौली अस्पतालमा राखिएको छ । अन्दाजी २२ देखि २५ बर्षका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
मृतकको साथमा पहिचान खुल्ने कुनै पनि कागजात नभएकोले पहिचान गर्न गाह्रो भएकोले पहिचानको लागि प्रयास भैरहेको उहाँले बताउनुभयो । ट्रकले गोठमा ठक्कर दिदै खोलामा खसेकोले गोठमा रहेका दुई वटा गाईको समेत मृत्यु भएको बताइएको छ ।