
३१ भाद्र, गाेरखा ।
गाेरखाकाे पालुङ्टार नगरपालिका शिक्षा शाखाले शिक्षकहरूकाे दरवन्दी मिलान गरेसँगै शिक्षा शाखामा लगाइएकाे ताला खुलाइएकाे छ । केही दिन अघि शिक्षा शाखाले नगपालिकाभित्रका बिद्यालयका शिक्षकहरूकाे दरबन्दी मिलानका क्रममा केही अनियमितता भएकाे अाराेप लगाउँदै वडा नं.५ का वडाध्यक्ष दिपक पाण्डेले शिक्षा शाखामा ताला लगाउनुभएकाे थियाे ।
हिजाे भाद्र ३० गते काे कार्यपालिका बैठकमा नगर शिक्षा अधिकारी बाबुराम काराखेतीले बिषयबस्तुमाथि प्रकाश पारेपछि वडाध्यक्ष पाण्डेले ताला खाेल्नुभएकाे बताइएकाे छ ।
उपसचिव एवं नगर शिक्षा अधिकारी काराखेतीका अनुसार नगरपालिकाभित्र रहेका शिक्षकहरूलाइ बिद्यार्थी संख्याका अाधारमा दरबन्दी मिलान गरिएकाे र मिलान गरिएका शिक्षकहरूलाइ पत्र पठाइसकिएकाेले केही दिनमै उहाँहरू खटाइएकाे विद्यालयमा पुग्नुहुनेछ ।
त्यस्तै गरी शिक्षकहरू नपुग भएका विद्यालयहरूमा व्यवस्थापन गर्नकाे लागि अब छिटै स्वमसेवक शिक्षकहरूकाे बिज्ञापन हुने पनि नगर शिक्षा अधिकारी काराखेतीले जानकारी दिनुभएकाे छ । नगरपालिकाबाट अाधारभूत र माध्यमिक तह गरी २ तहमा बिज्ञापन गरिने उहाँले बताउनुभयाे ।