Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
काेशिशद्वारा प्रहरीका लागि मनोवैज्ञानिक सहयोग सम्बन्धीअभिमुखीकरण

काेशिशद्वारा प्रहरीका लागि मनोवैज्ञानिक सहयोग सम्बन्धीअभिमुखीकरण

कोशिश संस्थाको आयोजनामा गरिएको प्राथमिक मनोवैज्ञानिक सहयोग सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम भाद्र २१ गतेका दिन सम्पन्न भएको छ । प्रहरी प्रशासनका निम्ति आयोजना गरिएको सो कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो । नजिकिदै गरेको विश्व आत्महत्या रोकथाम दिवस सन् २०२१ को सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरणको सत्रलाई कोशिशका तर्फबाट मनोबिद विनय पाण्डे र सरोज सिम्खडाले सहजीकरण गर्नुभएको थियो ।
सहभागिता मुलक सो कार्यक्रमको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखले  प्रसंशा गर्नुको साथै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने र आम नागरिकको मानसिक स्वास्थ्य प्रवर्द्धन र आत्माहत्या रोकथामका निम्ति सहकार्य र समन्वय गर्ने प्रतिवद्धता समेत दिनुभएको छ ।

कोशिशले सेप्टेम्बेर १० तारिक, शुक्रबारका दिन विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँ, व्यास नगरपालिका, र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा घुम्ती परिक्रमा र दिप प्रज्वलन कार्यक्रम गर्ने योजना पनि रहेकाे काेशिश तनहुंका रवि लाेचन पाैड्यालले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.