Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
जनप्रतिनिधिको उदाहरणीय काम, केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान ।।

जनप्रतिनिधिको उदाहरणीय काम, केसीको पहलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान ।।

आँबुखैरेनी, १३ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको आफ्नै पहलमा यति बेला आँबुखैरेनीको विभिन्न ९ वटा टाेलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान कार्य भैरहेको छ । तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि तनहुँ विद्युतिकरण आयोजनाका इन्जिनियर कपिल पाण्डे सँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताउनुभयो । एक साता अघि देखि विभिन्न टाेलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टाेलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिनुभयो । नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टाेक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न । केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.