
काठमाण्डौ २८,
साउन काठमाण्डौकौ चावहिलमा गर्भवती श्रीमतीको श्रीमानले गरे घाँटी थिचेर हत्या गरेका छन् । मकवानपुरको हेटौंडा घर भई चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
रञ्जना ६ महिनाकी गभर्वती समेत रहेको पुष्टी भएको प्रहरीको भनायई छ । रामले श्रीमतीको हत्यापछि प्रहरीलाई आफैले फोन गरेर श्रीमतीको हत्या गरेको जानकारी गराएका थिए । लगत्तै प्रहरीको टोली घटनास्थल पुग्दा उनलाई कोठा भित्र चुकुल लगाएर बसेको अबस्थामा फेला पारि नियन्त्रणमा लिइएको थियो ।
प्रहरी पुग्दा उनि श्रीमतीको शव संगै थिए । श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले जानकारी दिनुभयो ।