Trending

कुलमानद्वारा पदभार ग्रहण ः दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको भनाइ

२७ साउन, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले अाज दाेश्राेपटक कार्यकारी निर्देशककाे जिम्मेवारीसहित पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका क्रमा बाेल्दै घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् ।

उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए । प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’

बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’

व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

उर्जा आयोगको सचिवमा लगेर सरकारले शाक्यको पनि सम्मान गरेको उनको धारणा छ ।

Back to top button
Close