Trending

प्रहरीद्वारा करीब ९५ हजार बाेट गाँजा नष्ट

गोरखा

गाेरखा मा प्रहरीकाे सक्रियतामा गत अार्थिक बर्ष देखि श्रावण २५ सम्ममा करीब ९५ हजार बाेट गाँजा नष्ट गरिएकाे छ । जिल्लाभरका बिभिन्न प्रहरी युनिटकाे सहयाेगमा गाँजा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

प्रहरी कार्यालय गाेरखाले एक सूचना जारी गरी हालसम्म नष्ट गरिएकाे बिबरण समेत सार्वजनिक गरेकाे छ ।

साथै कहीँ कतै ठूलाे परिमाणमा गाँजाकाे बाेटहरू भएकाे स्थान पहिचान भएमा प्रहरी कार्यालयको हटलाईन नं. १०० र कन्ट्रोल रुमको माेवाइल  नं. ९८५६०९०२५५ मा खबर गरी सहयाेग गर्न समेत जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अपिल गरेकाे छ ।

आर्थिक बर्ष २०७७।०७८ मा लागु औषध गाँजाको बोटहरु नष्ट :-

क्रम संख्या नष्ट गरिएको स्थान नष्ट गरिएको अनुमानित जम्मा बोट नष्ट कार्यमा खटिएका प्रहरी युनिट कैफियत
गण्डकी गा.पा. ७ र ८ घ्याल्चोक ४२,०१० जि.प्र.का. गोरखा, र प्र.चौ. घ्याल्चोक  
गोरखा न.पा. ३ नारेश्वर ४६,२०० जि.प्र.का. गोरखा  
पालुङटार न.पा. ६ पौवाटार १८५० ई.प्र.का. ठाँटीपोखरी  
बारपाक सुलिकोट गा.पा. १ र २ बारपाक ९६० प्र.चौ. बारपाक  
शहिदलखन गा.पा. ९ नामजुङ ९०० प्र.चौ. बुङकोट  
अजिरकोट गा.पा. २ भच्चेक ७८० प्र.चौ. भच्चेक  
जम्मा ९२,७००    

 

यस आर्थिक बर्ष २०७८।०७९ को श्रावण २५ गते सम्म लागु औषध गाँजाको बोटहरु नष्ट :-

क्रम संख्या नष्ट गरिएको स्थान नष्ट गरिएको मिति नष्ट गरिएको अनुमानित जम्मा बोट नष्ट कार्यमा खटिएका प्रहरी युनिट कैफियत
गण्डकी गा.पा. २ याङदी २०७८।०४।०१ १८० प्र.चौ. ताङलीचोक  
शहिदलखन गा.पा. १ लोपा २०७८।०४।०८ १५० प्र.चौ. मनकामना  
धार्चे गा.पा. ४ लाप्राक २०७८।०४।१३ ६०० प्र.चौ. बारपाक  
गोरखा न.पा. ४ ठुलो आँगन २०७८।०४।१३ ३०० जि.प्र.का. गोरखा  
शहिदलखन गा.पा. २ ढाडबारी २०७८।०४।१३ २०० प्र.चौ. मनकामना  
गोरखा न.पा. ६ स्थित पाटेचौर, ढाडगाउँ लगायत २०७८।०४।१४ ३०० जि.प्र.का. गोरखा  
गोरखा न.पा. १३ रामशाह टोल २०७८।०४।१८ २०० प्र.चौ. मझुवादेउराली  
जम्मा १९३०    

Back to top button
Close