
गोरखा २५, साउन ः
गोरखामा ५ बर्षीय बालिका बलात्कार अाराेपमा ७२ बर्षका बृद्दा लाइ प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्लाको अजिरकोट गाउँपालिका घर भएका लेखनाथ खनाललाई ५ बर्षिया बालिका माथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो ।
पक्राउ परेका खनालले मादक पर्दाथ सेवन गरी सोही ठाउँकी एक बालिकालाई जबरजस्ती करणी गरेको भनि पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । उनले ललाई फकाई नावालिकालाई आफ्नै घरमा कोही पनि नभएको समयमा करणी गरेको पिडितले बताएको डिएसपी दाहालले जानकारी दिनुभयो ।
बालिकाले घटनाको बारेमा आमालाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । उनलाई जिल्ला अदालत गोरखाबाट आज ७ दिनको म्याद थप गरि जबरजस्ती करणी शिर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।