Trending

गाेरखामा प्रहरीद्वारा ६ दिनमा मास्क नलगाइ हिडने ८२ जनालाइ कारबाही

प्रतिव्यक्ति १०० रूपैयाँ जरिवाना गर्दै प्रहरी

 

गोरखा २५, साउन ।

गोरखामा  सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क नलगाउने ८२ जनालाई प्रहरीले कारवाही गरेको छ । सदरमुकाम सहितका बजार क्षेत्रमा ‘तपाई को मास्क खोई’ अभियान सुरु गरेको प्रहरीले बिभिन्न सचेतना कार्यक्रम सञ्चालन भइरहदा समेत मास्क नलगाई घर बाहिर सार्वजनिक स्थलमा निस्कने व्यक्तिहरुलाई पक्राउ गरि कारवाही गरेको हो ।

जिल्ला भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेका बेलामा समेत नागरिकहरूले सचेतता नअपनाएका कारण कारवाही गर्नुपरेकाे प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

‘कोरोना संक्रमण रोकथामका लागि प्रहरीले सचेतना मूलक अडियो जिंगल बजाउने, माईकिङ गर्ने लगायतका कार्य दिनहुँ जसो गरिरहेको छ, जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले भन्नुभयो, ‘यति गर्दापनि अटेरी गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना गर्न थालिएको छ ।’ उहाँले स्वास्थ्य मापदण्डको उलंग्घन गर्नेहरुलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति व्यक्ति १ सय रुपैयाका दरले जरिबाना गरिएको जानकारी दिनुभयो ।

बजार क्षेत्रका सार्वजनिक स्थल, होटल, सवारी साधन लगायतका स्थानमा मास्क नलगाई असुरक्षित तरिकाले स्वास्थ्य मापदण्डको पालना नगरी बेवास्ता गरि हिडडुल गर्ने पैदल यात्रु, व्यवसायी, मजदुर, सवारी चालक, सहचालक तथा यात्रुहरु रहेको डिएसपी दाहालको भनाई छ । जिल्लामा पछिल्लो समयमा जिल्ला भित्र संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेहरु माथि कारवाही तिव्र पार्न सुरु गरेको उहाँले बताउनुभयो ।

गोरखा प्रहरी र सामुदायिक सेवा केन्द्र गोरखाले नागरिकहरुलाई अनिबार्य मास्क लगाएर मात्र हिडडुल गर्न आग्रह गर्दैै यही साउन १८ गतेदेखि तपाईको मास्क खोई अभियान सञ्चालन गर्दै आइरहेको छ । नियन्त्रणमा लिइएकाहरुलाई जरिवाना सहित कोरोना संक्रमणको जोखिम र संक्रमणबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको बारेमा समेत सचेतना प्रदान गरि छोड्ने गरिएको डिएसपी दाहालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले घर बाहिर निस्कदा अनिबार्य मास्क लगाएर हिड्न समेत सवैलाई अपिल गर्दै आइरहेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker