Trending

अाफ्नै छाेरीलाइ करणी गर्ने पालुङटार ८ का २ जना प्रहरीकाे फन्दामा

संरक्षक मानिएका अाफ्नै बाबु र काकाले पटक पटक करणी गरेकाे खुलासा

गोरखा २४;साउन,

गोरखामा आफ्नै छोरीलाई बलात्कार गर्ने परियार थरका दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पालुङटारका वडा नम्बर निवासी ११ बर्षकी छोरीलाई बलात्कार गर्ने बुबा र काकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनिहरु दाजुभाई मिलि पटक पटक छोरीलाई बलात्कार गरेको पुष्टी भएको प्रहरीको भनाई छ ।

उनिहरुले आमा परपुरुष संग सम्बन्ध राखि गएको र संरक्षकको रुपमा रहेका आफ्नै ३७ बर्षिय बुवा र काकाले ललाई फकाई पटक पटक करणी गर्दै आएको खुलेका हो । बालिका बिरामी पर्न थालेपछि आफ्नै फुपुले स्थानिय स्वास्थ्य संस्थाका साथै असार २७ गते राजधानीको थापाथलीमा रहेको प्रसुती गृहमा लगि चेकजाँच गराउदा पाठेघरमा समस्या देखिएको अप्रेशन गनुपर्ने बताएपछि बालिकालाई सोधपुछपछि घटनाको रहस्य खुलेको हो ।

बालिकालाई आफ्नै बुवाले रातको समयमा लगाई फकाई गरी आफ्नै कोठामा लगेर करणी गर्ने र काकाले पनि ०७७ साल कार्तिक महिनामा १ पटक करणी गरेको बयान प्रहरीमा दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

बालिकाको तर्फबाट निजकी फुपुले जबरजस्ती करणी शिर्षकमा उनीहरु बिरुद्व जाहेरी दिएपछि दुवै जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुवैलाई आज गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ । दुवैलाई गोरखा प्रहरीले शुक्रबार पक्राउ गरेको थियाे।

 

Back to top button
Close