सँगे हाेटलमा लिएर गएकी युवतीकाे मृत्यु भएपछि ………….

चितवन, २३  साउन ।

सँगे हाेटलमा बस्न लिएर गएकी युवतीकाे मृत्यु भएपछि लिएर जाने युवक फरार भएका छन ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ को शाही प्यालेस होटलमा युवासँगै बसेकी युवतीको मृत्यु भएको छ । एउटै गाउँका मोटरसाइकलमा सँगै  आएर सो होटलमा बसेको अवस्थामा १७ वर्षीय युवतीको अचानक निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जनाए अनुसार रामग्राम नगरपालिका–१२ शान्ति टोल निवासी करिब १८ वर्षीय युवक अजयराज भरले होटेल लगेकी सोही ठाउँकी युवतीको अचानक निधन भएको हो । युवतीको मृत्युसँगै उनी फरार भएका छन् ।

घटनापछि प्रहरीले शुक्रबार होटल मालिक ४५ वर्षीय भोजबहादुर थापा र युवक अजय राजभरका काका २८ वर्षीय ब्यासप्रसाद भर र उनले प्रयोग गरेको लु ४ प ८१७६ नम्बरको होण्डा साइन मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गिरीले भने, ‘ प्रहरीको अनुसन्धान जारी छ । पोष्मार्टम रिपोर्ट आएको छैन । युवायुवतीको बीचमा आपसमा सेक्सुयल रिलेसन पनि

भएको हुनसक्छ । उनीहरु दुवै एटटै वडाका र घरपरिवारकाबीचमा आपसमा चिनजान भएका व्यक्तिहरु हुन् ।’

प्रहरीका अनुसार युवकले युवतीलाई शुक्रबार साँझ ६ बजे मोटरसाइकलमा होटल पु¥याएकोमा साढे ६ बजे अचानक बिरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पु¥याएका थिए । अस्पतालमा पुग्ना साथ युवतीको मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवतीलाई अत्यधिक रक्तश्राव भएपछि निधन भएको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले जनाए । उनले भने, ‘ युवतीले पेट दुख्यो भनेको थियो भने केटा आत्तिएको थियो ।’ घटना शंकास्पद रहेकोले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । किशोरीको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल जिल्ला अस्पताल परासीमा राखिएको छ ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.