Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

गोरखाः

पालुङटार नगरपालिका ६ लामाटारीस्थित सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको ज्यान गएको  छ ।

ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ६ लामाटारीस्थित सडक छेउमा  रहेको खाल्डोमा ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा जमेको पानीमा डुबेर १३ वर्षीया अाशा तामाङकाे ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय खहरे खोलाबाट ग्राभेल निकाल्दा बनेको खाल्डोमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । जमेको पानीमा पौडीखेल्दा बालिकाको घटनास्थलमै मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।

त्यहाँ ह्युमपाइप थुनिँदा पानी जमेको स्थानीयले बताएका छन् । बाख्रा गोठालो गएकी तामाङ पौडी खेल्दा तालिएको पानीमा डुबेकी हुन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.