Trending

मुख्य ट्रान्सर्फमर जलेपछि शनिबार बिहानैदेखि गाेरखामा बिद्युत अबरुद्ध

गोरखा ९, साउन ।

नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्र परिषरमा रहेको मुख्य ट्रान्सर्फमर जलेपछि शनिबार बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । अबरुद्ध सूचारु गर्न न्युनतम ३ दिन लाग्ने कार्यालय प्रमुख नेत्रमणि न्यौपानेले जानकारी दिनुभयो ।

‘चार्ज सर्भर ६/८ एमबिएको पावर ट्रान्सर्फमरमा समस्या आएर जलेको छ, उहाँले भन्नुभयो, त्यसबाट ३ वटा फेडर सञ्चालन भएको थियो ति सवै अबरुद्ध भएको छ ।’ खोप्लाङ, महेन्द्र ज्वोती र नयाँबजार ३ वटै फेडर अबरुद्ध भएपछि जिल्ला भर बिद्युत अबरुद्ध भएको कार्यालयले जनाएको छ । प्राधिकरण गोरखा बितरण केन्द्रले जलेको ट्रान्सर्फमर मर्मतको सम्भावना नभएकाले अर्को ट्रान्सर्फमर ल्याउने तयारी गरिरहेको छ ।

नयाँ ट्रान्सर्फमर ल्याउनका लागि कार्यालयबाट कर्मचारी हेटौडा गइसेकको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो । नयाँ ट्रान्सर्फमर करिब १५ /२० टन हेवी सामान भएकाले ल्याउनका लागि कठिन हुनेभएकाले ल्याउनका लागि जटिल हुने भएको सुरक्षित ल्याउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker