Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अन्तरजातिय बिवाह ः तनहुँकी लक्ष्मीले बल्ल पाइन् न्याय

अन्तरजातिय बिवाह ः तनहुँकी लक्ष्मीले बल्ल पाइन् न्याय

एस.बि.नेपाली
तनहुँ,२८ असार
अन्तरजातिय बिवाह गरेर अन्यायमा परेकी तनहुँकी लक्ष्मी सुनारले सोमबार तनहुँ जिल्ला अदालतबाट अंश लिएर संम्बन्ध बिच्छेद गरेकी छन् ।
जिल्लाको व्यासनगरपालिका–९ गोदार गाउँ घर भई हाल सोही वडा स्थित बिर्ता माइतीघर बस्ने २३ बर्षीय पति सुमन भण्डारीको २१ बर्षीय पत्नी लक्ष्मी सुनारले अदालतबाट अंश लिएर सम्बन्ध बिच्छेद गरि मिलापत्र गरेकी हुन् ।
लक्ष्मी सुनारले आइतबार अदालतमा फिरादपत्र दर्ता गरेपछि सोमबार पति सुमन भण्डारीले प्रतिउत्तर दर्ता गरेसंगै सम्बन्ध बिच्छेद हुने गरी मिलापत्र भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
सुनार र भण्डारी बीच विसं ०७७ फागुन ६ गते प्रेम विवाह गरेकी थिइन् । त्यसपछि उनीहरु दुबै जना विसं ०७८ साल बैशाख १२ गतेसम्म तनहुँको आँबुखैरेनीमा कोठा भाडामा लिएर बसेका थिए ।
बिसं.०७८ बैशाख १२ गते देखि पति सुमन भण्डारी हराउनुको साथै मोबाइल फोन समेत सम्पर्क बिहीन हुदै आएका थिए ।
करिब एक हप्ता पछि पति भण्डारीले पत्नी सुनारलाई फोन गरी म भारतमा छु तिमी आफ्नो सुर गर, भनेकोले आफु बिचल्लीमा परेको महसुस गरी संञ्चारमाध्यमको सहारा लिन पुगेको लक्ष्मी सुनारले बताइन् ।
संञ्चारमाध्यमको सहारामा निज भण्डारीलाई भारतबाट नेपाल झिकाई विसं ०७८ असार १६ गते पति पत्नि बीच र नजिकका इष्टमित्रको रोहबरमा छलफल गरिएको थियो ।
त्यसका लागि राष्ट्रिय दलित पत्रकार संघ तनहुँ र स्वीट नेपाल न्यूज डट कमले लक्ष्मी सुनारलाई न्याय दिलाउनको लागि आवश्यक पहलकदमी थालेको थियो ।
उक्त छलफल पश्चात हामी मिली बस्न सम्भव छैन,सकेको गर भनि पति भण्डारीले हाँक जवाफ दिने,घरमा बस्न नदिने,मानसिक कष्ट दिने लगायतका कार्य गरेकोले सहन नसकेपछि संम्बन्ध बिच्छेद गरेको सुनारले बताइन् ।
बिपक्षी पतिसंग पति पत्नीको नाता राखी संगै बस्नु भन्दा संम्बन्ध बिच्छेद गर्न उचित लागेकोले मुलुकी देवानी संहिता,२०७४ को दफा ९५ को उपदफा (ख) (ग) ९६,९८ समेतका आधारमा अंश दिलाई संम्बन्ध बिच्छेद गरी पाउँ भनि सुनारले अदालतमा फिरादपत्र पेश गरेकी थिइन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.