मिडिया एक्सन नेपालको आयोजनामा भ्रामक सुचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ, १३ असार
मिडिया एक्सन नेपालको आयोजनामा भ्रामक सुचना रोकथामका लागि डिजिटल मिडिया साक्षरता विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्चुल माध्यमको प्रयोग गरी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका मन्त्री, मन्त्री परिषदका प्रवक्ता कुमार खड्काले सुचना समाचारसँग मात्र समिति रहेकाले सही सुचना प्रवाह हुन आवश्यक रहेको बताए । मिडियालाई राज्यले नियन्त्रित गर्न नहुने उनको भनाई छ । मिडियालाई स्वतन्त्रता र स्वायत्त छोडनुपर्छ भन्ने पक्षमा प्रदेश सरकार रहेको उनले बताए । ‘हामी मिडियाका विज्ञहरुसँग छलफल गरी मिडिया मैत्री नीति ल्याउन र भएका नीतिहरुलाई परिमार्जन गर्दैछौँ’ खड्काले भने ।
सञ्चार क्षेत्रले स्व–नियमन गरोस भन्ने हाम्रो चाहना हो , कतै बाटो बिरायो भने प्रेस काउन्सिलले कदम चालोस र त्यस भन्दा माथि जान परे न्यायपालिका छदै छ, कार्यपालिकाहरुको कुनै हस्तक्षेप नहोस भन्ने हामी चाहन्छौँ, उनले भने । पत्रकारलाई स्रोत र साधन सम्पन्न बनाउन र क्षमता अभिवृद्धिका लागि अधिकतम सहयोग गर्ने प्रवक्ता खड्काले सोही अवसरमा प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दुर्गा भण्डारीले सामाजिक सञ्जाल अहिलेको प्रमुख चुनौती भएको बताइन् । समाजले सुचना दिने माध्यमको रुपमा हेरेको भएपनि सामाजिक सञ्जालबाट गलत सुचना सम्प्रेरण हुदै आएको उनले बताइन् । सामाजिक सञ्जाल र दर्ता नभएका न्युज र्पोटल गलत र भ्रमपुर्ण सुचना प्रवाहको माध्यम बन्दै गएको विषय चिन्ताजनक भएको उनको भनाई छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले प्रविधिको बिकाससँगै यसको सदुपयोग कसरी गर्ने भन्ने चुनौती पनि थपिएको बताए । प्रविधिले आम मानिसमा सुचना पहुँच बढाएको भएपनि गलत सुचनाको प्रयोगले समाजलाई नकारात्मक दिशा तर्फ डोराएको उनको भनाई छ । डिजिटल मिडिया मार्फत सुचना प्रवाह छिटो हुने भएकाले सञ्चारकर्मीहरुले अत्यन्त संयमीत भएर सुचना सम्प्रेषण गनुपर्ने शर्माले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले भ्रामक सुचना रोकथाम तर्फ अझै नियमक संस्थाको नजर कम परेको बताइन ।
‘केही सञ्चार माध्यमले आफ्नो फाइदाका लागी गलत सुचना प्रवाह गर्दै आएको पनि पाइन्छ यसले समग्र प्रेस जगतकै विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ ’ उनले भनिन । मिडिया सामग्रीको भ्युज बढाउने नाममा गलत सामग्री सम्प्रेषण गर्ने प्रवृत्तिले गर्दा डिजिटल मिडियाको प्रयोग थप चुनौतीपुर्ण बन्दै गएको भण्डारीको भनाई छ ।
कार्यक्रममा मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारिताजन्य विषयवस्तुलाई नियमन गर्न बनेका संघसंस्थाले पत्रकारिताको मात्र चिन्ता गरे पत्रकारिता व्यवसायिक बन्ने बताए । प्रेस काउन्सिल जस्ता संस्थाको कार्यसम्पादनमा स्पष्टता नभएकाले पनि भ्रामक सुचना न्युनिकरणमा केन्द्रित हुन नसकेको पन्थको भनाइ छ । अहिलेको परिवेशमा अधिकतम काम भर्चुअलमा सिमित भएकाले पनि सुचना लिने र दिने पक्ष थप चनाखो हुन आवश्यक रहेको पन्थले बताए ।
मिडिया एक्सनले स्थापनाकाल देखि नै विभिन्न संघसंस्थासँग मिलेर मिडियाको स्वतन्त्रता, बिकास र मिडियालाई जिम्मेवार बनाउने काम गर्दै आएको पन्थले सोही अवसरमा जानकारी दिए ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मिडिया एक्सन नेपालकी सचिव आरती शिल्पकारले गलत सुचनाबाट सुरक्षित राख्न र पत्रकारले उत्पादन गरेका सामग्रीलाई विश्वसनीय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।
गण्डकी प्रदेशको ११ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, प्रेस सम्वद्ध संघसंस्थाका अध्यक्ष लगायत ४० भन्दा बढी क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाकी गण्डकी प्रदेश संयोजक सुनिता आचार्यले गरेकी थिइन् । मिडिया एक्सन नेपालले ७ वटै प्रदेशमा मिडियाका विभिन्न सवाललमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीसकेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.