Trending

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता थप

तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अब काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिने निर्णय भएकाे ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।  तीन जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker