यस्ताे रहेछ रहस्यः अाफ्नै श्रीमतीलाइ नदीमा बगाउनुकाे …………..

जेठ २८, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ बाट अाफ्नै श्रीमतीलाइ मर्स्याङदी नदीमा फाल्ने एक पुरूष अाज पक्राउ परेका छन् ।

अाज बिहान शुक्रवार बिहान पालुङटार र तनहुँ जोड्ने झोलुङ्गे पुलबाट तन्नामा बेरेर मान्छे फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ३६ बर्षकी श्रीमती सम्झना रेग्मीकाे बिहीबार रातीकाे समयमा मृत्यु भएकाे ले बिहानै लगेर नदीमा फालिदिएकाे ४४ बर्षका राम बहादुर कामी बताउन् ।

अ। अाज बिहानै लगेर मर्स्याङदी नदीमा फालेकाे सूचना स्थानीयले जानकारी गराएलगत्तै अस्थायी प्रहरी पाेष्ट बिरूवाटारबाट खटिएकाे टाेलीले राम बहादुर कामी लाइ नियन्त्रणमा लिएकाे र हाल कामीलाइ थप अनुसन्धानकाे लागि हिरासतमा लिइएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज बिकास सिलवालले जानकारी दिनुभयाे ।

प्रहरीले कामीलाई पक्राउ गरी अनुसन्धान गर्दा श्रीमतीको मृत्यू भएको र दाहासंस्कार गर्ने कोही नभएकाले पुलबाट फ्याँकेको बताएका छन् ।
उनीहरु दुबै जना उक्त झोलुङ्गे पुलको जिपमा करिब डेढ महिना देखि बस्दै आएको बताएका छन् ।

प्रहरीले कामीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी प्रकाश दाहालले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.