आँबुखैरेनीमा मर्निङ वक ट्र्याक बन्दै।।

आँबुखैरेनी, २४ जेष्ठ ।
तनहुँको आँबुखैरेनीमा मर्निङ वक ट्र्याक निर्माण गरिने भएको छ । आँबुखैरेनी-३ स्थित चिसापानी टोलबाट केहि माथि पहरेपानी सामुदायिक वन हुँदै वन भित्र भित्रै गौरी आँप सम्मको स्थानलाई अब मर्निङ वक ट्र्याकको रूपमा निर्माण गरिने भएको हो । आँबुखैरेनी गाउँपालिकाको ८ लाख रुपैयाँको बजेट मार्फत लायन्स क्लब अफ आँबुखैरेनी सिटीले क्लबको श्रमदान सहित झन्डै १ किलोमीटर दुरिमा मर्निङ वक ट्र्याक निर्माण गर्ने जिम्मेवारी प्राप्त गरेको हो। क्लबका संस्थापक अध्यक्ष लायन रत्नकुमार श्रेष्ठको परिकल्पना र क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस योजना(मर्निङ वक ट्र्याक) सफलता पुर्वक सम्पन्न गर्ने लक्ष्य क्लबले लिएको छ । चिसापानी टोल-पहरेपानी सामुदायिक वन-गौरी आँप सम्मको स्थान अति सुन्दर शान्त बाताबरण, आँबुखैरेनी बजारबाट नजिक, स्वच्छ हावा, हरियाली सगै सितलताको महसुस गर्दै आँबुखैरेनी र गोरखा जिल्लाका विभिन्न स्थानहरुको सुन्दर दृश्य देखिने तथा स्वास्थ्य लाभको दृष्टिकोणले पनि महत्त्वपूर्ण स्थान रहेको र मर्निङ वकका क्रममा राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुर्याउने लक्ष्यका साथ मर्निङ वक ट्र्याक बनाउन लागिएको क्लबका अध्यक्ष लायन शिव खनालले जानकारी दिनुभयो । ट्र्याक निर्माणको काम आज बाट सुरु गरिने समेत खनालले बताउनुभयो ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.