नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने

काठमाण्डाै – नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर अन्तर्गत एक महिना सित्तैमा भ्वाइस कल सेवा दिने भएको हो ।

यससम्बन्धी सम्झौतामा आइतवार (आज) नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिस्ट परिषद्/नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।

 

यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहनुभएको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्ट पेड/प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरू (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो अफर उपलब्ध गराइने छ ।

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिम कार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिम कार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमअनुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ । ujyalo

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.