प्रतिनिधि सभा विघटन निन्दनिय र गैह्रसंबैधानिक – नेपाली काग्रेस गोरखा

गोरखा ९, जेठ । नेपाली काग्रेस गोरखाले प्रतिनिधि सभा विघटन निन्दनिय र गैह्रसंबैधानिक भएको बताएको छ । पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने आइतबार एक बिज्ञप्ति जारी गर्दै रष्ट्रपति विद्यादेवी भण्डारीले आफुमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधिसभा विघटन गर्नु निन्दनीय र गैह्रसंवैधानिक कार्य भएको आरोप लगाएको हो ।

वैकल्पिक सरकार बनाउने अवस्था हुदाहुदै राष्ट्रपतिले जवरजस्ती आफुमा नभएको अधिकार प्रयोग गरि असंवैधानिक तवरबाट केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेर प्रतिनिधिसभा विघटन गर्नु निन्दनिय र गैर संवैधानिक कार्य भएको बिज्ञप्तिमा उल्लेख छ । केपि वलीको नेतृत्वमा सरकार गठन भएपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मुल्य मान्यताको अबमुल्यन, विधि पद्वतिको ब्यवस्था र संसदीय पद्वतिको खिल्ली उडाउने काम भएको छ’ बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सदस्यहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीको लागि दावी गर्दागर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गनुपर्नेमा त्यसलाई इन्कार गरी बैकल्पिक सरकार बनाउनु पर्ने अबस्थामा राष्ट्रपतिले जवरजस्ती आफुमा नभएको अधिकार प्रयोग गरी असंवैधानिक तवरबाट मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नु निन्दनीय र गैह्र संवैधानिक रहेको उल्लेख छ ।

काग्रेस गोरखाले पदको चरम दुरुपयोग गरी राष्ट्रपतिबाट भएका घार असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको घोर भत्र्सना र निन्दा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरुलाई एकजुट भई कार्य गर्नआवहन गरेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.