दमौली ,३ जेठ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा न.१ गल्बुबेशी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गर्नु भएको छ ।
न्यौपानेले कोषका लागि सोमबार २५ सय ११ रुपयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गर्नु भएको हो । लामो समय पत्रकारीता क्षेत्रमा क्रिायशिल न्यौपाने नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।
संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको न्यौपानले बताउनु भयो । कोषमा रकम प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताउनु भयो ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/FB_IMG_1722040614649-238x300.jpg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते