काेराेनाकाे पहिलाे खाेप लगाएकाहरूलाइ दाेश्राे खाेपबारे केही जानकारी

३ जेठ, काठमाडौं ।

काेराेना भाइरसकाे दाेश्राे लहर चलिरहेका बेला काेराेनाकाे पहिलाे डाेजकाे खाेप लगाएकाहरूले दाेश्राे डाेजकाे खाेप नलगाए के हुन्छ भन्ने सर्वत्र जिज्ञासा भइरहेकेा छ। यस्ताे समयमा यसबारे केही तथ्यहरू विभिन्न माध्यमबाट खाेज्ने प्रयास गरिएकाे छ ।

 

 पहिलो डोजकाे खाेप लगाएपछि संक्रमित भएमा खाेप लगाउन मिल्छ कि मिल्दैन हाेला त भन्ने सर्वत्र चासाेकाे बिषय बनेकाे छ । 

कोरोना खोपको पहिलो डोज लिएपछि पुनः कोरोनाबाट संक्रमित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । सामान्य अवस्था भन्दा यो अवस्थामा केही शर्तहरु फरक छन् । भारतीय समाचार पोर्टल न्युज १८ ले उल्लेख गरेअनुसार यस्तो अवस्थामा दोस्रो डोज लिन कोरोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्छ ।

 समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ?

कोरोना महामारी विश्वभर फैलिएको कारण खोपको माग पनि अत्यधिक छ । यस्तोमा समयमा नै दोस्रो डोज कोरोना खोप नपाउने हो कि भन्ने आशंका अहिले मानिसहरुमा छ ।

भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

भारतका स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको बीचमा राख्न सिफारिस गरेका छन् । गत फेब्रुअरीमा प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा कोभिसिल्डको दोस्रो डोज लगाउने अवधि १२ साता वा सोभन्दा धेरै राख्दा यसको प्रभावकारिता २६ प्रतिशत बढ्न सक्ने उल्लेख गरिएको थियो ।

 कोरोना संक्रमितले खोप लिने कि नलिने ?

तपाईं कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भइसक्नु भएको छ भने तपाइँका लागि कोरोना खोपको लागि धेरै हतार गर्नु नपर्ने वैज्ञानिकहरु बताउँछन् । कोरोना संक्रमणबाट मुक्त भएपछि हाम्रो शरीरमा बनेको एन्टिबडी कम्तीमा ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडीले खोपले भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरु बताउँछन् ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यस किसिमको एन्टिबडी कति लामो समयसम्म रहन्छ भन्ने थाहा नभएकाले संक्रमण निको भएपछि कोरोना खोप लगाउनु उत्तम हुने बताएको छ ।

पूर्ण डोज खोपको लिएपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?

डब्ल्यूएचओकाअनुसार खोपले मानिसलाई कोरोनाको गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउँछ । खोप लगाएको दुई सातासम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा प्रदान गर्न सक्दैन ।

यद्यपि अझै पनि खोप लगाएको मानिस पनि कोरोनाबाट संक्रमित हुन र अरुलाई संक्रमण सार्न भने सक्छ । त्यसैले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, बेलाबेलामा हात धुनेजस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्नु जरुरी हुने डब्ल्यूएचओले बताएको छ ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.