काठमाडौँ, २९ वैशाख ।
नेकपा माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ ।
बुधवार बसेको पार्टीको जिल्ला अध्यक्षहरुको बैठकले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको हो ।
देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो । माओवादी केन्द्रले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई कोरोनाविरुद्धको लडाइँमा लाग्न यसअघिनै आह्वान गरिसकेको छ ।