डुम्रे क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन

तनहुँको डुम्रे बजार क्षेत्रबाट २५ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँ र पत्रकार महासंघ तनहुँको समन्वयमा डुम्रे बजार क्षेत्रबाट ८ वटा भरी सिलिण्डर र १७ वटा खाली अक्सिजन सिलिन्डर संकलन गरेको हो । प्रहरी र पत्रकारको टोलीले डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास बेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर कोरोना संक्रमित विरामीको उपचारार्थ विभिन्न अस्पतालमा पठाउने गरी संकलन गरिएको । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । कोभिड–१९ संक्रमितका लागि अक्सिजनको अभाव भइरहेको समयमा विभिन्न कम्पनी तथा ग्यारेजमा रहेका अक्सिजन सिलिण्डर संकलन गरेको उहाँले बताउनु भयो । संकलन गरिएको भरी सिलिण्डरलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा लगिने छ भने खाली सिलिण्डरलाई नेपाल पत्रकार महासंघको पहलमा मनकारी शुभेच्छुकहरुको आर्थिक सहयोगमा भर्ने ब्यवस्था मिलाईने महासंघका जिल्ला अध्यक्ष उज्जल पौडेलले बताउनु भयो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.