कारभित्र कसरी भयो तीन बालकको मृत्यु ?

१९ वैशाख, काठमाडौं । दाङको तुल्सीपुर उपमहानगरपालिका–६, स्वर्गद्वारी टोलमा एउटा कार माघ महिनादेखि पार्किङ गरेर राखिएको थियो । बिग्रिएपछि मर्मत नगरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको कार वरिपरि खासै मान्छे गएको पनि देखिँदैनथे ।

तर, शनिबार राति साढे ७ बजेतिर चाहिँ नजिकै रहेका अरुण बुढामगरले कारमा बत्ती बलेको जस्तो देखे । उनका अनुसार छेऊमा गएर हेर्दा एकदमै दुर्गन्ध आइरहेको थियो, झिँगा भन्किरहेको थियो ।
मलाई हेर्न डर लाग्यो अनि अरुलाई पनि बोलाएँ, त्यसपछि प्रहरीलाई खबर गरेका हौं’ मगर भन्छन्, ‘प्रहरी आएपछि मात्रै गाडीमा शव भएको थाहा पायौं ।’

इलाका प्रहरी कार्यालय, तुलसीपुरको टोली पुगेर हेर्दा गाडीभित्र तीन जना बालकको शव थियो । घटना गम्भीर हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी गणेश चन्द आफैं घटनास्थलमा पुगे । प्रदेश प्रहरी कार्यालयबाट पनि तालिम प्राप्त कुकुर बोलाइयो, जिल्लाबाट फरेन्सिक विज्ञ डाक्टरको टोलीले पनि घटनास्थल पुगेर जाँच थाल्यो ।

चोटपटक छैन, झ्याल फुटाउने प्रयास

जिल्ला प्रहरी प्रमुख चन्दका अनुसार मृत्यु हुनेको राति नै सनाखत भएको छ । ज्यान गुमाउनेमा घटनास्थल नजिकै घर भएका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीया छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण छन् । उनीहरु चार दिनअघिबाट हराएको भन्दै परिवारले प्रहरीमा खबर गरेको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा भएको फरेन्सिक जाँचका क्रममा तीनजनाकै शवमा कुनै बाहिरी चोटपटक देखिएको छैन । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि नै विस्तृतमा थाहा हुने जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी मुकुन्द रिजाल बताउँछन् ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार मृतकमध्ये दुईजनाको कपडा खोलेको पाइएको छ भने कारको सीसा फुटाउने प्रयास गरेको पनि देखिएको छ । ‘एउटा झ्यालमा सीसा चर्किएको छ, बाहिर निस्किने प्रयास गरेको जस्तो देखिन्छ’ एक अधिकारीले अनलाइनखबरसँग सुनाए, ‘प्रारम्भिक जाँचमा घटनामा कोही तेस्रो पक्ष संलग्न छ जस्तो देखिँदैन ।’

निसासिएर मृत्यु भएको आशंका

प्रहरीले सोधपुछका लागि बेलुकी नै कारका मालिक यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको थियो । उनले पनि शव भेटिएका बालकहरुलाई नचिनेको बयान दिएका छन् ।

‘रुट परमिट पनि थिएन, त्यसमाथि बिग्रिएपछि थन्क्याएको थिएँ’, गैरेले प्रहरीसँग भनेका छन्, ‘गाडीको ढोका रिमोटबाट खुल्ने हो, बच्चाहरु कसरी छिरे थाहा छैन ।’

एक प्रहरी अधिकृत भन्छन्, ‘चिकित्सकहरुले पनि प्रारम्भिक जाँचमा निसासिएर मृत्यु भएको हुनसक्ने भनेका छन् ।’

प्रहरी गरेको प्राविधिक पक्षको अनुसन्धानबाट पनि गैरे र मृतकबीच कुनै सम्बन्ध भेटिएको छैन । हत्या गर्नुपर्ने कुनै कारण पनि नदेखिएको अवस्थामा चोटपटक पनि नदेखिएपछि प्रहरीले घटना भवितव्य भएको हुनसक्ने आशंका गरेको छ ।

त्यसैले अनुसन्धान अधिकृतहरुले बालबालिका खेल्ने क्रममा कारको ढोका खुलेको र बाहिर निस्किने बेला चाहिँ बन्द भएको हुनसक्ने अनुमान गरेका छन् । र, निस्किन नसक्दा निस्सासिएर मृत्यु भएको हुनसक्ने उनीहरुको अनुमान छ । onlinekhabar

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.