बोर्लाङमा स्वांब संकलन गर्न स्वास्थ्यकर्मी परिचालन,औषधी अभाव रोक्न जुटे जनप्रतिनिधी र युवा

दीपक श्रेष्ठ
गोरखा, १५ बैशाख । कोरोना संक्रमण फैलिएको गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित क्यामुन्टार क्षेत्रमा तत्काल स्वाब संकलन लागि जिल्ला भित्रका ३ वटा स्थानीय तहका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । एउटै गाउँमा २९ जनामा एकै पटक स्थानीय स्तरमा नै कोरोना संक्रमण देखिएको क्यामुन्टार क्षेत्रमा संक्रमितको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि आजदेखि स्वांब संकलन सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो । धेरैको स्वांब संकलन गर्नुपर्ने अबस्था आएपछि जिल्ला भित्रका ३ वटा स्थानीयतहका स्वास्थ्यकर्मीलाई संक्रमित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभयो ।

‘सकभर एकैदिनमा स्वांब संकलनको काम सक्ने गरि स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ, उहाँले भन्नुभयो, ‘स्वांब संकलनका लागि कम्ती १० जना स्वास्थ्यकर्मी संक्रमित क्षेत्रमा खटिएका छन् । अध्यक्ष पाण्डेले सम्भव भएसम्म एकैदिन त्यस क्षेत्रका सवै घरका कम्तीमा एकजना पर्ने गरि स्वांब संकलन गर्न लागिएको उहाँले बताउनुभयो । स्वांब संकलनका लागि बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका र सहिद लखन गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली संक्रमित क्षेत्र परिचालन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय श्री पाटनदेवी माध्यामिक बिधालयका ८१ जना बालबालिकाहरुमा रुघा खोकी र ज्वरोको समस्या देखिएपछि आइतबार गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मीको टोलीले कोरोना आंशककमा स्वांब परीक्षणका लागि पठाएको थियो । स्वांब संकलन गरि पठाइएका ३१ मध्ये मंगलबार २५ जनामा कोरोना देखिएपछि भएपछि त्यहाँ संक्रमण फैलिएको पुष्टी भएको थियो । त्यस आफै आफै अस्पताल पुगेको त्यस क्षेत्रका अन्य ४ जनामा पनि मंगलबार नै संक्रमणको पुष्टी भएको हो ।

संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित आजदेखि नै सिल गरिसकेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । ‘बिहान ६ बजेदेखि नै क्यामुन्टार क्षेत्र सिल गरिसकेका छौ, उहाँले भन्नुभयो, अत्यबश्यक बाहेक घर बाहिर निस्कन नदिन प्रहरी समेत परिचालन गरिएको छ ।’ घर बाहिर निस्कन नदिन स्वयमसेवकको टोलीले माइकिङ गर्ने लगायतका काम समेत गरिरहेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय जनप्रतिनिधी र युवाहरु संक्रमण रोकथामका लागि जुटेका छन् ।

संक्रमणलाई थप फैलन नदिन र संक्रमितलाई औषधी उपचारको अभाव हुन नदिन सवै एकजुट भएर लागेका छन् । संक्रमित क्षेत्रका बिरामीलाई तत्काल अस्पताल लैजानु पर्ने अबस्था भएमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरि एम्बुलेन्स तयारी अबस्था राखिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘बोर्लाङ स्वास्थ्य चौकीको एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ, उहाँले भन्नुभयो, आबश्यक परे तत्काल अस्पताल पु¥याउन सक्ने अबस्थामा हामी छौ, अहिलेसम्म एकजना बाहेकमा गम्भीर समस्या भने देखिएको छैन ।’

वडाध्यक्ष श्रेष्ठले संक्रमित क्षेत्रमा जथाभावी हिडडुल गर्न रोक लगाउन आफै खटिएको बताउनुभयो । ‘आबश्यक स्वास्थ्य सामग्रीका लागि गाउँपालिकाकासंग समन्वय भइरहेको छ, उहाँले भन्नुभयो, ‘बिभिन्न संघसंस्थाहरुलाई समेत स्वास्थ्य सामाग्री उपलब्ध गराउन आग्रह गरिरहेका छौ ।’ तत्कालका लागि संक्रमित क्षेत्रमा मास्क, टेनिटाइजर, हातधुने सावुन लगायतका स्वास्थ्य सामाग्री जुटाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बिधालयका बालिबालिकासगै अधिकासं बालबालिकाका अभिभावकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यता संक्रमणको रोकथाम र न्युनीकरणका लागि युवाहरु जुटेका छन् । क्यामुन्टार घर भई काठमाण्डौ बस्दै आएका युवाहरु मिलेर संक्रमित क्षेत्रमा औषधीको अभाव हुन नदिन पहल सुरु गरिसकेको स्थानीय समेत रहनु भएका परोपकार संस्थाका सदस्य गणेश दुवाडीले जानकारी दिनुभयो । ‘काठमाण्डौ बस्ने युवाहरु मिलेर औषधीको प्याकेज आज नै पठाईसकेका छौ, उहाँले भन्नुभयो, ‘अक्सिजनको लेवल जाँच गर्ने मेसिन, सिटामोल, पखाला रोकथाम गर्ने औषधी, मास्क, सेनिटाइजर लगायतका अत्याबश्यक औषधी पठाइसकेका छौ ।

उहाँले आबश्यकता थप औषधी उपकरण पठाउन आफुहरु लागि परेको उहाँले बताउनुभयो । संक्रमित क्षेत्रमा प्रत्येक घरमा आबश्यक सवै प्रकारका औषधी पु¥याउने काम सुरु गरेको दुवाडीले जानकारी दिनुभयो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.