Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको एक गाउँ नै सिल

एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको एक गाउँ नै सिल

गोरखा १४, बैशाख ।

एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।

संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । संक्रमण देखिएको क्षेत्रमा भेलिदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने उहाँले बताउनुभयो । क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेकका पसल खोल्न रोक लगाइएको छ भने अत्याबश्यक  काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । आज संक्रमित मध्ये ४ जना बिधार्थी र बाँकी अभिभावक तथा स्थानीयबासी रहेको उहाँको भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.