
गोरखा १४, बैशाख ।
एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि गोरखाको भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो ।
संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । संक्रमण देखिएको क्षेत्रमा भेलिदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने उहाँले बताउनुभयो । क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेकका पसल खोल्न रोक लगाइएको छ भने अत्याबश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । आज संक्रमित मध्ये ४ जना बिधार्थी र बाँकी अभिभावक तथा स्थानीयबासी रहेको उहाँको भनाई छ ।