नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने

बुधबार बसेको केन्द्रिय समितिको बैठकले आगामी वैशाख १८ र १९ गते कास्की जिल्लाको पोखरा महानगरपालिका २९ भण्डाढिक ओखलेडाँडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो ।

खुला सत्र गर्न असमर्थ रहेकाले बन्द सत्र मात्र गर्ने बैठकले निर्णय पनि गरेको छ ।
बैठकको निर्णय अनुसार प्रत्येक जिल्लाबाट ३ जना प्रतिनिधिका साथै १ जना महिला अनिवार्यरूपमा पठाउनु पर्नेछ ।

जिल्लाले प्रतिनिधि पठाउदा जिल्ला कार्यसमितिको निर्णयबाट छनौट गरि आधिकारिक लेटरप्याड मार्फत केन्द्रमा आगामी वैशाख १३ गते भित्र पठाइसक्नु पर्नेछ ।

यस्तै बैठकले कुमाल समाजका आधिकारिक भातृसंग संगठन कुमाल विद्यार्थी समाज केन्द्रिय समिति , कुमाल साँस्कृतिक समाज केन्द्रिय समिति , कुमाल पत्रकार समाज केन्द्रिय समिती र कुमाल युवा समाज केन्द्रियबाट पनि ३ जना प्रतिनिधि ल्याउन पाउने निर्णय गरेको छ ।

यस्तैगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुले प्रत्येक जिल्लाबाट संस्थागतरुपमा रु. ५ हजार उपलब्ध गराउने पनि बैठकबाट निर्णय भएको छ ।

महाधिवेशन पश्चात् संस्थालाई चलायमान र जिवन्त राख्ने पनि नेतृत्वकर्मिहरुले प्रतिबद्धता जनाएका छन् ।

सम्पूर्ण कुमाल एक हौँ भन्ने मुल उदेश्यका साथ विं.सं. २०५० मा स्थापना भएको हो ।
उक्त संस्था कुमालहरुको मातृ संस्था २७ वर्षको यात्रा सम्म आई पुग्दा कुमाल समुदायको हकहितका लागि संघर्ष गर्दै आएको थियो ।
तर विं.सं. २०६५ साल नवलपरासीको अरुणखोलामा भएको ५ औँ अधिवेशनको बन्द सत्रबाट कुमाल सुधार समाज राजनितिक मतभेदका कारण दुइ समुहमा विभाजन भएको थियो ।
हाल एउटा समुहको नेतृत्व केवल पाल्पालीले गरिरहेका थिए, भने अर्को समुहको नेतृत्व नरेन्द्रमान मुखिया कुमालले गरेका थिए ।
गत वर्ष माघ महिनामा विगत १० वर्षदेखि दुई समूहमा विभाजन रहेका समितिलाई एकता महाधिवेशन गर्ने गरि अध्यक्षद्वयलाई लाई संयोजकत्वमा राखिएको थियो ।

गत वैशाखमा लमजुङको सुन्दरबजारमा एकताको महाधिवेशन गर्ने निर्णय भएको भए पनि कोरोना भाइरसका कारण हुन सकेको थिएन ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.