Trending

दरौंदी नदीमा भइरहेकाे ढुङ्गा, बालुवाको उत्खननबाट प्रभावित किसानले दिए बगरमै धर्ना

गोरखा – दरौंदी नदीमा भएको नदीजन्य वस्तु उत्खननले परम्परागत कुलो मासिने जोखिम बढेको भन्दै बेनीखोला र छेवेटारका किसानले उत्खनन रोकेका छन् । दरौंदी नदीको बेनीखोलाघाट र बोहोरोबेसी क्षेत्रमा नदीजन्य वस्तु उत्खननका लागि गोरखा नगरपालिकाले ठेक्का लगाएको छ । तर यस क्षेत्रमा नदीजन्य सामग्री झिक्दा नदी गहिरो हुने र कुलोको मुहानमाथि पर्दा समस्या देखिन थालेको किसानको भनाइ छ ।                                यही कारण नदीजन्य सामग्री उत्खननको काम रोक्नुपरेको सुन्तले बोहोराबेसी कुलो उपभोक्ता समितिका अध्यक्ष कृष्णजी थापामगरले बताउनुभयो । गोरखा नगरपालिकाले पर्याप्त अध्ययन विनै दरौंदी नदीमा ढुङ्गा, बालुवा उत्खननको ठेक्का लगाउँदा किसानले वर्षौँदेखि प्रयोग गर्दै आएको कुलो मासिने जोखिम बढेको उहाँको भनाइ छ ।     बेनीखोला नजिकैको कुलोको मुहानभन्दा नदी झण्डै ६ फिट गहिरो भएको छ । हरेक वर्ष हिउँदयाममा खेतमा सिँचाइका लागि कुलो चलाउने गरिए पनि यस वर्ष नदी गहिरो भएकाले किसानले झण्डै एक लाख रुपैयाँ खर्च गरेर कुलो चलाएका छन् । त्यस कुलोको पानी गोरखा नगरपालिका वडा नम्बर ५ र १० का पाँच सय ७७ घरधुरी किसानले उपभोग गर्दै आएका छन् । त्यही कुलोको पानीले सुन्तले र बोहोराबेसी फाँटको झण्डै पाँच हजार बिघा जग्गामा सिँचाइ हुने गरेको छ ।बर्सेनि नदी गहिरो हुँदै जाँदा कुलो सञ्चालनमा समस्या पर्दै गएको अध्यक्ष थापामगरले बताउनुभयो । गोरखा नगरपालिकाले बेनीखोला घाटमा नदीजन्य सामग्री उत्खननको ठेक्का युनिक निर्माण सेवालाई दिएको छ । यस वर्ष १० लाख ९३ हजार क्युफिट नदीजन्य सामग्री उत्खननको ठेक्का लागेको गोरखा नगरपालिकाले जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा यस ठाउँमा उत्खननको ठेक्का लगाइएको नगरपालिकाका प्राविधिकहरुको भनाइ छ । तर किसानले भने यस ठाउँमा नदीजन्य सामग्री उत्खनन नगराउन नगरपालिकालाई विभिन्न चरणमा ध्यानाकर्षण गराइएको बताएका छन् ।ujyalo

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker