Trending

गामबेसी राेधीघर साँस्कृतिक समूहद्वारा २० भन्दा बढी कलाकारलाइ सम्मान , सम्मानित कलाकारकाे सूचीसहित

राजकुमार श्रेष्ठकाे व्यवस्थापन तथा समन्वयमा सञ्चालन

गाेरखा संसार

तनहुँ, चैत्र १ गते ।

तनहुँकाे भानु नगरपालिका वडा नं. १ मा एक कार्यक्रम गरी गामबेसी राेधीघर साँस्कृतिक समूहले २० भन्दा बढी कलाकारलाइ एकसाथ सम्मान गरेकाे छ ।
गामबेसी राेधीघर साँस्कृतिक समूहकाे लेश्राे बार्षिक साधारण सभाकाे अवसरमा कलाकारहरूलाइ सम्मान गरिएकाे हाे । समूहले साधारणसभाका अवसरमा २ दर्जनभन्दा बढी कलाकारहरू ल्याएर सांगितिक माहाेल समेत तताएकाे थियाे । साे अवसरमा बरिष्ठ लाेक दाेहाेरी तथा दाेहाेरी गायिका माया गुरूङ,सूर्यकुमारी गुरूङ, चन्द्र परियार, पवनश्री परियार बिमला परियार, रतीमाया खडका, लगायतकाकाे प्रस्तुतिले माहाेल थप तातेकाे थियाे । ..
तनहुँ टेलिभिजनद्वारा प्रसारण हुने गामबेसी राेधीघरका सञ्चालक शंकर परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे साधारणसभामा स्थानीय समाजसेवी सुरेन्द्र बहादुर अधिकारीले प्रमुख अतिथिकाे रूपमा बाेल्दै समूहकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्नुभएकाे थियाे । केक काटेर उदघाटन गरिएकाे साेही अवसरमा भानु नगरपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर लामा, तनहुँ टेलिभिजनका अध्यक्ष सन्तनारायण श्रेष्ठ, समाजसेवी देवु विष्ट, नापी शाखा तनहुँका पूर्व प्रमुख जयहरि खनाल, लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे व्यवस्थापन तथा समन्वय राजकुमार श्रेष्ठले गर्नुभएकाे थियाे भने सञ्चालन अक्कल बिरही गुरूङले गर्नुभएकाे थियाे ।
समूहले हाम्राे संस्कृति हाम्राे पहिचान, अग्रज श्रष्टाकाे सम्मान नव प्रतिभाकाे खाेजी हाम्राे अभियान भन्ने मूल नारासहित बिबिध प्रकारका कार्यक्रमहरूकाे उत्पादन गर्दै तनहुँ टेलिभिजनबाट प्रसारण गर्दै अाइरहेकाे छ ।
यस्ताे सम्मानसहितकाे कार्यक्रमले कलाकारमा थप हाैसला हुने भएकाले पनि यसरी कार्यक्रमकाे अायाेजना गरिएकाे कार्यक्रम व्यवस्थापक राजकुमार श्रेष्ठले बताउनुभयाे ।

 

 

 

सम्मानित हुने कलाकारहरूकाे सूची ः

माया गुरूङ
सूर्यकुमारी गुरूङ
अक्कल बिरही गुरूङ
केशर अधिकारी
बिष्णु खडका
मेघनाथ रिमाल
रमाकान्त ढुङ्गाना
बल बहादुर घर्ती मगर
दिपा दियाली
अर्जुन नेपाली
लिला कुमारी श्रेष्ठ
राजन थापा
मनिष थापा
ऋषि अधिकारी
केशर कुमार श्रेष्ठ
राजकुमार श्रेष्ठ
जीवन श्रेष्ठ

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker