गाेरखामा उन्नत जातकाे काेदाे र तिते फापरकाे खेती विस्तार हुने

गाेरखा । उत्पादन बढाउने उदेश्यका साथ गाेरखामा उन्नत जातकाे काेदाे र तिते फापरकाे खेती विस्तार हुने भएकाे छ । गण्डकी प्रदेशमा पहिलाे पटक शहिद लखन गाउँपालिकामा पहाडीबाली अनुसन्धान कार्यक्रम लागू भएकाे हाे ।

हालसम्म गाेरखामा गरिने काेदाे खेतीमा डल्ले, ओख्ले लगायतका जात रहेका छन् । यीनीहरुकाे सरदर उत्पादन प्रति राेपनी एक मुरी रहेकाे र यी विउहरु २०३७, २०४७ सालमा विकास नार्कका बज्ञानिकहरुले बताएका छन् ।

जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ५ स्थित काेटथाेक र काउलेमा २०७३ सालमा विकास भएकाे काब्रे २ नामकाे काेदाे खेती गर्न लागिएकाे हाे । यसकाे उत्पादन अन्य जिल्लामा प्रति राेपनी ३ मुरी भइरहेकाे र गाेरखामा पनि यसलाइ प्रयाेगमा ल्याउन लागिएकाे वरिष्ठ कृषि वैज्ञानिक एवम् वालिराेग विशेषज्ञ डा.सुवास सुवेदीले बताए । जमिनकाे अवस्था,हावापानी,माटाेकाे अवस्था हेरेर केही वर्ष विउ उत्पादन गर्ने र त्यसलाइ विस्तार गरी उत्पादन बढाउने याेजना नेपाल कृषि अनुसन्धान परिषद (नार्क) काे रहेकाे उनले बताए ।

दाेलखा जिल्लामा कार्यालय रहेकाे पहाडीवाली अनुसन्धान कार्यक्रमका प्रमुख रहेका सुवेदीले भने, ‘उत्पादन बढाउनका लागि काम गर्ने हाे अरु जिल्लामा सफल भएकाे छ, गाेरखामा अन्यथा नहाेला हामी अनुसन्धानकै क्रममा छाैँ । ‘

काेटदेवी काेदाेवाली महिला कृषक समूह र सुनाैलाे विहानी काेदाेवाली महिला कृषक समूहका गरी कुल ६६ जना महिलाहरुले पहाडीवाली विकास कार्यक्रम अन्तर्गत दाेलखाबाट विउ ल्याइ उत्पादन कार्यक्रममा सहभागिता जनाएका छन् ।

हाल सम्म नेपालमा काेदाेका पाँचवटा जातहरु सिफारीस भइ खेती हुँदै आएका छन् । गाेरखामा कम उत्पादन दिने पुराना जातका बालिकाे खेती हुँदै आएकाे नार्कका बैज्ञानिकहरुले बताएका छन् । उन्नत जातकाे खेती विस्तार गरेर उत्पादन बढाउन सकिने उनीहरुकाे भनाइ रहेकाे छ ।

बदलिदाे समय अनुसार वैज्ञानिक ढङ्गबाट खेति गरी उत्पादकत्व बढाउन किसानहरुलाइ सहजिकरण गर्ने र अन्य रैथाने बालिहरुकाे विकास र विस्तारका लागि किसानहरुलाइ सहयाेग गर्ने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

तीते फापरकाे उत्पादनका लागि शहिदलखन गाउँपालिका वडा नम्बर ६ भाँगवारीका २६ घरपरिवार सामेल भएका छन् । काेदाे खेती र तिते फापर खेतीका लागि करिव १० हेक्टर जमिन प्रयाेगमा ल्याउने पहाडीवाली अनुसन्धान कार्यक्रमकाे याेजना रहेकाे सहमति सँस्थाका परियाेजना सँयाेजक शिव सुवेदीले बताए ।

तिते फापर बहुउपयाेगी बालि हाे । यसकाे पात र डाँठ दालका लागि प्रयाेग गरिन्छ भने फापर विभिन्न खाद्य परिकार बनाउन प्रयाेग हुँदै आएकाे छ ।

शहिदलखन गाउँपालिकामा काेदाे एवम् तीते फापर प्रवर्दन तथा अनुसन्धान कार्यक्रमका लागि सिप विकास तालिम आज देखि सुरु भएकाे र साे कार्यक्रममा यसबारेमा जानकारी दिइएकाे थियाे ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.