गण्डकी प्रदेशको निर्ब्याजी कर्जाको अाबेदन दिने म्याद चैत ६ सम्मका लागि थप

पाेखरा । कोरोना संक्रमणका कारण प्रभावित साना लगानीका व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका समय थप भएकाे छ । यसमा सहभागी हुन इच्छुकले चैत ६ गते सम्म निवेदन दिनसक्ने मुख्य मन्त्री कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ । यस अघि कर्जाका लागि चार हजार बढीले निवेदन दिएका छन् ।

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका साना लगानीका व्यवसायीलाई निर्ब्याज ऋण उपलब्ध गराउने भन्दै आवेदन मागेको थियो ।

बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको थियो ।

व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई विनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथम पटक सूचना प्रकाशन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीकाअनुसार वार्षिक रु ५० लाख वा सोभन्दा कम कारोवार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्न आह्वान गरिएकामा ४ हजार १६६ ले निवेदन दिएका छन् ।

वाणिज्य बैंकबाट आवेदन भर्न सकिने व्यबस्था प्रदेश सरकारले गरे पनि कतिपय व्यवसायीले भने आवेदन भर्न नपाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री कार्यालयका उपसचिव भण्डारीकाअनुसार गण्डकी प्रदेशका १८ वाणिज्य बैंकलाई छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको बताए ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.