िशवरात्रीमा आयोजित नृत्य प्रतियोगितामा गुरुङ प्रथम

गोरखा, फागुन २७
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ मा आयोजित च्याङली शिवरात्री धार्मिक तथा साँस्कृतिक मेला २०७७ को अवसरमा आयोेजित नृत्य प्रतियोगितामा सरस्वती महिला समूहकी शान्ती गुरुङ प्रथम भएकी छन् ।
३ दिनसम्म सञ्चालन भएको सो कार्यक्रममा १२ वटा समुहहरुले प्रस्तुति राखेका थिए । त्यस्तै दिगो महिला समूह दित्तीय, कालिका महिला समूह तृतीय र मञ्जिला परियार र दिपशिखा कुमालले सान्तवना स्थान हासिल गरेका थिए ।

कार्यक्रम मंगलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै वडा नंं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यस मन्दिरलाई व्यवस्थित बनाउन धेरै काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रगति महिला समूह याम्पाफाँट तनहुँकी अध्यक्ष रिता तिवारी, च्याङली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डे, तिवारी फर्निचरका गणेश तिवारी लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तथा समन्वय गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेलले गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम दिन २७ गते राष्टिय कलाकार पवन रानाको प्रस्तुतिले माहोल तताएको थियो ।
कार्यक्रमका अवसरमा भवन निर्माण तथा मेला सञ्चालका लागि सहयोग गर्ने सहयोगदाताहरुलाइ सम्मान तथा प्रसंसा पत्र समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा मन्दिर परिसरमा निर्माण गरिएको एककोठे कार्यालय भवनको उदघाटन समेत गरिएको थियो । कार्यालय भवन प्रमुख अतिथि पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.