अधिकारीको पहलमा दुई जनाको उद्धार ।।

तनहुँ,
नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीको पहलमा अपाङगता भएका एक व्यक्ति सहित दुई जना व्यक्तिको उद्धार गरिएको छ । उपाध्यक्ष अधिकारीको पहलमा बरादीबाट दाङको तुल्सीपुर नगरपालिका वडा नं ११ घर भएका ५८ बर्षिय सन्तोष शाही र लम्जुङ घर भई हाल चितवनको शिवनगरमा अस्थायी बसोबास गर्दै आएका ६८ बर्षिय पदमबहादुर भण्डारी रहेका छन् । शाही र भण्डारी मानव सेवा आश्रम पोखराका प्रतिनिधी शुष्मा पौडेल र राजन सापकोटाले उद्धार गरेर पोखरा लगेका छन् । उद्धार गरिएका मध्ये शाहीको खुट्टाको पैतलाको भाग उपचार नपाएर झर्ने अवस्थामा रहेको छ । हिव्लचियर राखेर धकेल्दै गरेको देखेर सहयोग गर्न गएको थिए तर अवस्था नाजुक देखेपछि उद्धार नगरी मनै मानेन उपाध्यक्ष अधिकारीले भने । उनीहरुको नाजुक अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनालाई जानकारी गराएपछि डिएसपी तिमिल्सेनाले आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापालाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीको टोली उद्धारका लागि बरादी पुगेको थियो । त्यसबीचमा अधिकारीले उद्धार गर्दा लाग्ने एम्बुलेन्स खर्च आफूले बेर्होने प्रतिवद्धता समेत जाहेर गरेका थिए । सो विषय जानकारी भए लगत्तै एम्बुलेन्स खर्च वापतको रकम आँबुखैरेनी गाउँपालिकाले बेर्होने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गरेका थिए ।
उद्धार कार्यमा नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले समेत सहयोग गरेका थिए । यसैबीच शाही र भण्डारीको उद्धार कार्यमा सहयोग पुरयाउने सबैलाई तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीले धन्यवाद ज्ञापन गरेका छन् ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.